
काठमाडौं । भारतको अग्रणी अडियो वेयरेबल ब्रान्ड ‘बोट’ले नेपालमा ‘निर्भाना’ सिरिज सार्वजनिक गरेको छ ।
यससँगै नेपाली उपभोक्ताले अब बोटका प्रिमियम गुणस्तरयुक्त एक्टिभ न्वाइज क्यान्सेलेसन इयरफोन तथा इयरबड्स स्थानीय बजारमै पाउन सक्नेछन् ।
नेपालमा बोट ब्रान्डको वितरण टेलिटक प्रालि (रमेश कर्प अन्तर्गत)ले गर्दै आएको छ । कम्पनीका कार्यकारी निर्देशक प्रतीक जलानले बोटले नेपालमा आफ्नो उपस्थितिलाई अझ सशक्त बनाउने रणनीतिसहित नयाँ प्राविधिक उत्पादनहरू प्रस्तुत गर्ने बताए ।
कार्यक्रममा बोल्दै बोटका सह–संस्थापक तथा प्रमुख मार्केटिङ अधिकृत अमन गुप्ताले भने, “नेपाल हाम्रो लागि सधैँ विशेष रहँदै आएको छ । यहाँको जीवन्त बजार, प्रविधिप्रेमी युवापुस्ता र सकारात्मक प्रतिक्रिया हाम्रो उत्साहको प्रमुख आधार हो ।”