site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
सोनु निगमसँग ‘स्क्रिन सेयर’ गरेकी नेपाली नायिकाले यसरी सम्झिइन् त्यो पल 

काठमाडाैं । कुनै समय भारतीय गायक सोनु निगमसँग ‘स्क्रिन सेयर’ गरेकी नायिका सोविता सिंखडाले त्यसबेलाको आफ्नो अनुभव सेयर गरेकी छिन् । सोनु निगमले केही दिनअघि मात्रै नेपाल आएर गायनमार्फत नेपाली स्रोता/दर्शकलाई झुमाएका थिए । 

नेपालमा अहिले सोनु निगमको चर्चा चलिरहँदा आफूलाई उनीसँगको पुरानो सम्झना ताजा भएको सोविताले बताएकी छिन् । सामाजिक सञ्जालमार्फत उनले चलचित्र ‘लभ इन नेपाल’को सुटिङका निम्ति आफूहरू धेरै दिन पोखरामा सँगै रहेको बताएकी छिन् । उक्त चलचित्रको सानो अंशसहित उनले सोनुसँगको सम्झना सेयर गरेकी हुन् ।

यस चलचित्रमा आफूले मोडलको भूमिका निभाएको र सुटिङका क्रममा सोनुसँग भएको समय निकै विशेष रहेको उनले उल्लेख गरेकी छिन् । ‘‘सोनुजीलाई ओशोको बारेमा गहिरो जिज्ञासा थियो, र उहाँले मलाई ‘ओशोवाली’ भनेर सम्बोधन गर्नुहुन्थ्यो। आफ्नो गुरु ओशोको नामबाट चिनिँदा मैले गर्वको महसुस गरेको थिएँ ।’’

अहिले सोनु नेपाल आउँदा धेरै सन्यासी साथीहरूले उनलाई तपोवन आउन निम्तो दिन आग्रह गरेको उल्लेख गर्दै उनले थपेकी छिन्, ‘‘म उहाँको सेक्रेटरी सायरासँग बारम्बार सम्पर्कमा थिएँ । तर, कार्यक्रमको व्यस्तताका कारण उहाँ एक दिन मात्र काठमाडौं आउनुभएकोले र हिजो दिउँसो नै फर्किनुपर्ने भएकाले समय मिलाउन सक्नुभएन ।’’
  
पछिल्लो समय सोनु निगमले ओशोको बारेमा एक भिडियो पोस्ट गर्दै ओशो पढेपछि आफ्नो जीवनमा आएको परिवर्तनको चर्चा गरेको उनले उल्लेख गरेकी छिन् । अर्को पटक समय मिलाएर तपोवन आउने कुरा भएको उनले बताएकी छिन् । 
  
‘‘सोनु निगमजस्तो प्रतिभाशाली कलाकारसँग काम गर्न पाउनु, पोखराको रमणीय वातावरणमा सुटिङ गर्नु र ओशोप्रतिको उहाँको प्रेम र जिज्ञासालाई नजिकबाट अनुभव गर्न पाउनु मेरो लागि अत्यन्तै मूल्यवान् क्षण थियो,’’ उनले लेखेकी छिन्,‘‘काठमाडौंको यो चिसो मौसमलाई तताएर जानुभएको सोनु निगमलाई र कार्यक्रमलाई भव्य रूपमा सफल पार्नुभएकोमा आयोजकलाई हार्दिक बधाई !’’

प्रकाशित मिति: शुक्रबार, पुस १२, २०८१  १७:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro