site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
भारतले पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधनमा साताव्यापी राष्ट्रिय शोक मनाउने

नयाँदिल्ली । भारत सरकारले पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधनमा सात दिनसम्म राष्ट्रिय शोकको घोषणा गरेको छ ।

समाचार एजेन्सी एएनआईका अनुसार २७ डिसेम्बरका सबै सरकारी कार्यक्रमहरू रद्द गरिएको छ । मनमोहन सिंहको राजकीय सम्मानका साथ अन्तिम संस्कार गरिने जनाइएको छ ।

शनिबार अन्त्येष्टिको दिन विदेशमा रहेका भारतीय दूतावास र उच्चायोगमा पनि राष्ट्रिय झण्डा झुकाइनेछ ।

केरला सरकारले पनि डिसेम्बर २६ देखि जनवरी १ सम्म राज्यमा सातदिन राजकीय शोकको घोषणा गरेको छ । प्रदेश सरकारले सबै जिल्ला अधिकारीलाई राष्ट्रिय झण्डा झुकाउन निर्देशन दिएको छ ।

कर्नाटक सरकारले पनि डिसेम्बर २७ मा सातदिन राजकीय शोक र सार्वजनिक बिदाको घोषणा गरेको छ ।

उनको निधनमा भारतका प्रधानमन्त्री, राष्ट्रपति, विपक्षी दलका नेतालगायत धेरै नेताहरूले शोक व्यक्त गरेका छन् । शनिबार अन्तिम संस्कार गरिने छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: शुक्रबार, पुस १२, २०८१  ०९:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro