site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
अफगानिस्तानमा पाकिस्तानको आक्रमण : १५ जनाको मृत्यु, बदला लिने तालिवानको चेतावनी

काठमाडौं । पाकिस्तानले अफगानिस्तानमा गरेको हवाई हमलामा कम्तीमा १५ जनाको मृत्यु भएको छ । पाकिस्तानी तालिबानका संदिग्ध लुकेको क्षेत्रलाई निशाना बनाएर गरिएको आक्रमणमा महिला र बालबालिकासहित १५ जनाको मृत्यु भएको हो ।

आक्रमणबाट पाकिस्तानी तालिबान तेहरिक–ए–तालिबान पाकिस्तान (टीटीपी)को तालिम केन्द्र ध्वस्त भएको पाकिस्तानी अधिकारीहरूलाई उद्धृत गर्दै समाचार एजेन्सी एपीले जनाएको छ । तर, पाकिस्तानी विमानहरू अफगानिस्तानमा कतिसम्म पुगे र कसरी आक्रमण गरे भन्नेबारे खुलाइएको छैन ।

मार्चयता दोस्रोपटक पाकिस्तानले अफगानिस्तानमा हवाई आक्रमण गरेको हो ।

बदला लिने तालिवान सरकारको चेतावनी 

अफगानिस्तानको रक्षा मन्त्रालयले पाकिस्तानी हवाई आक्रमणको निन्दा गरेको छ । काबुलले महिला र बालबालिकासहित सर्वसाधारणलाई निशाना बनाएर हमला गरिएको आरोप लगाएको छ । अफगानिस्तानले यसलाई अन्तर्राष्ट्रिय नियमको उल्लंघन भनेको छ ।

अफगानिस्तानले हवाई आक्रमणको जवाफ दिने बताएको छ। "आफ्नो मातृभूमिको रक्षा गर्नु हाम्रो अधिकार हो, हामी यो कायरतापूर्ण आक्रमणको अवश्य जवाफ दिनेछौँ," अफगानिस्तानको रक्षा मन्त्रालयले भनेको छ ।

टीटीपीले सन् २०२२ देखि पाकिस्तानमा आक्रमणलाई तीव्र पारेको छ । पाकिस्तानमा आतंकवादी हमला गर्न पाकिस्तानी तालिबानले अफगानिस्तानको भूमि प्रयोग गरेको पाकिस्तानको आरोप छ । तर, अफगानिस्तानले पाकिस्तानको आरोपलाई अस्वीकार गर्दै आएको छ ।

सन् २०२१ मा अफगानिस्तानमा तालिवानको पुनरागमनसँगै पाकिस्तानी तालिबान (टीटीपी) बलियो भएको छ । टीटीपीले नोभेम्बर २०२२ मा पाकिस्तानसँगको युद्धविराम एकपक्षीयरूपमा समाप्त गरेको थियो । त्ययसपछि उनले पाकिस्तानमाथि आक्रमणलाई तीव्र बनाएका छन् ।

प्रकाशित मिति: बुधबार, पुस १०, २०८१  १२:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro