site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सरकारलाई असफल हुने छुट छैन : पोखरेल
फाइल तस्बिर ।

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले राजनीतिक अस्थिरतालाई समाप्त पार्न नेपाली कांग्रेससँग सहकार्य गर्नुपरेको बताएका छन् ।

नेपाल बुद्धिजीवी परिषद्को शनिबार काठमाडौंमा आयोजित छैटौँ केन्द्रीय बैठकमा उनले राजनीतिक स्थायित्वका निम्ति कांग्रेससँग गठबन्धन गर्नुपरेको बताए । “अब देशमा अस्थिरतालाई समाप्त पार्ने, राजनीतिक स्थायित्व कायम गर्ने तथा आवश्यकताअनुसार संविधान संशोधन गर्दै संरचनागत सुधारका लागि दुई ठूला पार्टी मिलेका हुन् । प्रमुख पार्टीले मिल्नुपरेको हो,” उनले भने ।

प्रमुख दुई पार्टी मिलेर बनेको वर्तमान सरकारलाई असफल हुने छुट नभएको उनले बताए । सरकारलाई सफल बनाउन पार्टीका वरिष्ठ नेताहरूले सक्रियतापूर्वक आ–आफ्नो स्थानबाट भूमिका निर्वाह गर्नुपर्नेमा उनले जोड दिए ।

उनले एमालेलाई अझ सुदृढ एवं संगठित बनाउन नेता तथा कार्यकर्ताको सहयोग आवश्यक भएको बताए ।

परिषद्का अध्यक्ष प्रा. डा. दिनेशचन्द्र देवकोटाले अराजक गतिविधि रोक्न एमाले मात्र नभई सबै राजनीतिक दल र नागरिक समाज पनि लाग्नुपर्ने उल्लेख गरे । रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: शनिबार, पुस ६, २०८१  २१:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro