site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
भैरहवामा प्रेसरकुकर बम निष्क्रिय

काठमाडौं । रुपन्देहीको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा फेला परेको प्रेसरकुकर बम नेपाली सेनाको टोलीले ‘डिस्पोज’ गरेको छ । शुक्रबार उक्त अस्पतालको दक्षिण–पश्चिम पार्किङ क्षेत्रमा फेला परेको बम निष्क्रिय गरिएको हो ।

पार्किङ क्षेत्रका रुख कटान गर्ने क्रममा बम फेला परेको थियो । शंकास्पद वस्तु देखिएपछि प्रहरी प्रशासनलाई जानकारी गराइएको थियो । अस्पताल प्रशासनले घटनाबारे जानकारी गराएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र सेनाको टोली घटनास्थलमा पुगेको थियो ।

Dabur Nepal
NIC Asia

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) सुरज कार्कीले बम पुरानो र खिया लागेको अवस्थामा रहेको र सेनाको टोलीले डिस्पोज गरेको जानकारी दिए ।

प्रेसकुकरको ‘ह्यान्ड’लाई डोरीले बाँधेर त्यसमा घडी, ब्याट्रीलगायत उपकरण जडान गरिएको अवस्थामा बम फेला परेको प्रहरीले जनाएको छ । हिमालयन टेली भ्वाइस 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस ५, २०८१  १६:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro