site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
चलचित्र ‘रंगी’ फागुन २ मा प्रदर्शन हुने

काठमाडौं । चलचित्र ‘रंगी’ फागुन २ गते प्रदर्शन हुने भएको छ । निर्माण टिमले पोस्टर र मोसन पोस्टर बुधबार सार्वजनिक गर्दै रिलिज मितिबारे जानकारी दिएको हो ।

पोस्टरमा कलाकार सलोन बस्नेत र बाल कलाकार आयुषी ढकाल छन् । ग्रामीण बजारलाई पृष्ठभूमिमा राखेर तयार पारिएको पोस्टरमा आयुषी र सलोनलाई गम्भीर भावमा देखिन्छन् । 

Dabur Nepal
NIC Asia

मोसन पोस्टरमा सलोन, आयुषीसँगै ‘डेब्यु’ नायिका नम्रता श्रेष्ठलाई देख्न सकिन्छ । नम्रता ‘मिस वर्ल्ड नेपाल २०२०’की विजेता हुन् ।

सुरेश न्यौपानेको निर्देशन रहेको चलचित्रमा सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ र विशाल पहारीको अभिनय छ । यो चलचित्रले बाबुछोरीको कथा भन्नेछ । 

चलचित्र ‘रंगी’ सलोनको डेब्यु निर्माण हो । सक्षम सुवेदी र करिष्मा केसी बस्नेतको निर्माण रहेको चलचित्रमा सुमन गजमेरको लेखन, सौरभ लामाको छायांकन छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस ३, २०८१  १०:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
CAN Banner adCAN Banner ad
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro