site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बसाइँसराइले रित्तिएको हिमालपारिको जाङ गाउँ
तस्बिर : प्राइम हिमालयज । 

सिमकोट । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ स्थित 'हिमालपारि' भनेर परिचित लिमीको जाङ गाउँ बसाइँसराइले रित्तिएको छ । एक वर्षअघि चार घरधुरी रहेको जाङ गाउँ यो वर्ष खाली भएको हो । 

यस गाउँका स्थानीय भौतिक सुविधाको खोजीमा काठमाडौं, सुर्खेत, नेपालगन्जलगायत सहरमा बसाइँसराइ गरेपछि गाउँ रित्तिएको हो । 

Dabur Nepal
NIC Asia

यो वर्ष जाङ गाउँमा कोही नभएको तील गाउँका वडा सदस्य तुन्डुप लामाले जानकारी दिए । कोरोनामा बन्द रहेको चीनसँगको हिल्सा नाका खुलेपछि कोही रोजगारीका लागि चीनको ताक्लाकोट पुगेका छन् ।  बढीजसो जाङ गाउँका स्थानीय सिमकोटसहित जिल्लाबाहिर सुविधासम्पन्न सहरमा बसाइँसराइ गरेर गएको वडा सदस्य लामाले बताए । 

दुई वर्षयता गाउँपालिकाले यहाँका बिरामीको उपचारका लागि बाह्रै महिना लिमी स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी खटाएको थियो । हल्जी र तील गाउँका लागि स्वास्थ्य सेवा बाह्रै महिना उपलब्ध गराएको लिमी स्वास्थ्य चौकीका अहेब लोग बोहराले बताए । जाङ गाउँको भृकुटी आधारभूत विद्यालय विद्यार्थी नभएका कारण बन्द भइसकेको छ । 

बसाइँसराइ गरी गाउँ छाड्ने जाङ गाउँमा मात्रै नभएर तील र हल्जीमा पनि बढेको हल्जी गाउँका स्थानीय छिरिङ तुण्डुप लामाले बताए । यो वर्ष तील गाउँमा १५ घरधुरीको मात्रै बसोबास छ । हिउँदमा कोही चिसो छल्न जिल्लाबाहिर गएर वर्षायाममा घर फर्किने गर्छन् । तर, विस्तारै हिउँदमा गाउँ छाडेर जानेहरू बर्सात् लागेपछि पनि फर्किन छाडेका छन् ।

यातायात, विद्युत्जस्ता भौतिक सुविधा र गुणस्तरीय स्वास्थ्य, शिक्षालगायत पहुँचको खोजी गर्दै लिमीका केही गाउँ विस्तारै रित्तिन थालेका हुन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस १, २०८१  ०७:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro