site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
इरान : कन्सर्टमा हिजाब नलगाएको आरोपमा एक गायिका पक्राउ

काठमाडौं । इरानमा अनलाइन कन्सर्टमा हिजाब नलगाएको आरोपमा एक गायिका पक्राउ परेकी छन् । उनलाई शनिबार पक्राउ गरिएको अन्तर्राष्ट्रिय सञ्जारमाध्यमले जनाएका छन् ।

२७ वर्षीया गायिका परस्तु अहमदी गत बुधबार (डिसेम्बर ११) मा कन्सर्टको भिडियो युट्युबमा अपलोड गरेकी थिइन् । भिडियोमा अहमदी स्लिभलेस ड्रेस लगाएर गीत गाउँदै थिए ।

भिडियो अपलोड भएपछि अहमदीविरुद्ध बिहीबार अदालतमा मुद्दा दर्ता गरिएको थियो । एक इरानी वकिलले उनलाई इरानको उत्तरी प्रान्त माजानदारनको राजधानी सारीबाट प्रहरीले पक्राउ गरेको बताएका छन् । उनीसँगै देखिएका चार संगीतकारमध्ये दुई जनालाई पक्राउ गरिएको उनको भनाइ छ । पक्राउ पर्नेमा सोहेल फगिह नासिरी र एहसान बेरागदर छन् । दुवैलाई राजधानी तेहरानबाट पक्राउ गरिएको हो ।

सन् २०२२ मा इरानमा हिजाबको विरोधमा महिलाको समर्थनमा गीत गाएको भन्दै इरानी सरकारले परस्तुलाई कारबाही गरेको थियो ।

युट्युबमा राखिएको भिडियोलाई १६ लाखभन्दा बढी पटक हेरिएको छ । पक्राउ परेपछि ती महिलालाई कहाँ राखिएको छ भन्नेबारे कुनै जानकारी छैन । यसबाहेक उनीविरुद्ध कुन धारामा मुद्दा दर्ता गरिएको छ भन्ने पनि स्पष्ट छैन ।

इरानमा सन् १९७९ मा हिजाब अनिवार्य गरिएको भए पनि १५ अगस्ट २०२३ मा राष्ट्रपति इब्राहिम राइसीले एउटा आदेशमा हस्ताक्षर गर्दै यसलाई ड्रेस कोडको रूपमा कडाइका साथ लागु गर्न भनेका थिए । सन् १९७९ भन्दा पहिले इरानमा महिलाको लुगामा कुनै पनि प्रकारको प्रतिबन्ध थिएन ।

इरानवायरबाट ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर ३०, २०८१  १७:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro