site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
घट्यो वैदेशिक सहायता प्रतिबद्धता, तीन महिनामा ३७ अर्ब १८ करोड प्राप्त 

काठमाडौं । नेपालले प्राप्त गर्दै आएको वैदेशिक सहायता प्रतिबद्धता घटेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो तीन महिनामा नेपालले ३७ अर्ब १८ करोड रुपैयाँको वैदेशिक सहायता प्रतिबद्धता प्राप्त गरेको छ ।

अर्थ मन्त्रालयका अनुसार, गएको साउन, भदौ र असोजमा नेपालले उक्त सहायता प्रतिबद्धता पाएको हो । प्राप्त कुल सहायता प्रतिबद्धतामध्ये अनुदानको अंश ६३.९ र ऋणको अंश ३६.१ प्रतिशत छ ।

Dabur Nepal
NIC Asia

गत आर्थिक वर्ष २०८०/८१ को सोही अवधिमा नेपालले प्राप्त गरेको यस्तो प्रतिबद्धता ४० अर्ब ६८ करोड रुपैयाँ थियो ।

कुल सहायता प्रतिबद्धतामध्ये ३८.४ प्रतिशत वातावरण र जलवायु क्षेत्रमा प्राप्त भएको छ । यातायात क्षेत्रमा ३६.१, सामाजिकमा २०.५ र ४.९ प्रतिशत अरू क्षेत्रमा प्राप्त भएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर ३०, २०८१  १५:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro