site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सामाजिक सञ्जाल र अनलाइन मिडियालाई कडा नियमन गर्ने तयारीमा सरकार

काठमाडौं । सरकार अनलाइन मिडिया र सामाजिक सञ्जाललाई कडा नियमन गर्ने तयारीमा जुटेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘अनलाइन मिडिया र सामाजिक सञ्जालले असहयोग गरेपछि’ आफहरू कडा नियमनको तयारीमा जुटेको बताए ।

शनिबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १५औँ वार्षिक साधारणसभा एवं सातौँ महासभामा मन्त्री गुरुङले अहिलेको अवस्थामा अनलाइन मिडिया र सामाजिक सञ्जाल नियमन गर्न जरुरी देखिएको बताए ।

Dabur Nepal
NIC Asia

"हामीलाई प्रिन्ट मिडिया र टेलिभिजनले सहयोग गरेकै छन्," उनले भने, "अनलाइन मिडिया र सोसल मिडियाले सहयोग गरेनन् । लोकतान्त्रिक व्यवस्थालाई नरुचाउने र यसको विरुद्धमा लागेका छन् । यी गतिविधिलाई सरकारले कडा नियमन गर्छ ।"

उनले सामाजिक सञ्जाल सञ्चालन तथा नियमन ऐन ड्राफ्ट भइसकेको र संसद् खुल्न बित्तिकै पेस गर्ने मन्त्री गुरुङले बताए । आफूले यस ऐनलाई अध्यादेशबाट भए पनि ल्याउन प्रधानमन्त्रीलाई आग्रह गरेको उनको भनाइ छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर २९, २०८१  ११:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro