site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
अल्लु अर्जुनलाई अन्तरिम जमानत

काठमाडौं । दक्षिण भारतीय अभिनेता अल्लु अर्जुनलाई अन्तरिम जमानत मिलेको छ । तेलंगाना उच्च अदालतले अल्लु अर्जुनलाई चार हप्ताको लागि अन्तरिम जमानत दिएको इन्डिया टुडेले जनाएको छ ।  

यसअघि, उनलाई तेलंगनाको स्थानीय अदालतले १४ दिन न्यायिक हिरासतमा पठाउन आदेश दिएको थियो ।  

Dabur Nepal
NIC Asia

डिसेम्बर ४ मा सन्ध्या थिएटरमा पुष्पा–२ को प्रोमोसनका लागि जाँदा भागदौड हुँदा २५ वर्षीया महिलाको मृत्यु भएको थियो । मृतक महिलाका छोरा घाइते भएका थिए । उनको उपचार भइरहेको छ ।

सोही घटनाको अनुसन्धानका लागि अल्लु अर्जुनलाई उनकै निवासबाट प्रहरीले आज पक्राउ गरेको थियो ।

भीड व्यवस्थापन गर्न कुनै सुरक्षा योजना नबनाएको सिनेमा हल व्यवस्थापक र अल्लु अर्जुनलाई आरोप लागेको छ ।

 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर २८, २०८१  १८:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro