site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
जसपा नेपालको कार्यकारिणी समिति बैठक सुरु

काठमाडौं । जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको पूर्ण बैठक भर्खरै सुरु भएको छ । केन्द्रीय कार्यालय बालकुमारी ललितपुरमा पार्टी अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा मंसिर २८ र २९ गतेका लागि बोलाइएको बैठक भोलि शनिबारसम्म चल्नेछ ।
  
हालै सम्पन्न स्थानीय तहको उपनिर्वाचनमा जसपा नेपालले प्राप्त गरेको चुनावी मत परिणाम र निर्वाचनमा पार्टी नेतृत्वको भूमिका बारे बैठकमा समीक्षा हुँदै छ । 

यही मंसिर मसान्तमा पहिलो चरणको सम्पन्न हुने गरी चार महिनाअघि सुरु भएको ‘जनतासँग जसपा नेपाल, संगठन विस्तार अभियान’को विस्तृत समीक्षा र यस अभियानको प्रभावकारी निरन्तरता पनि बैठकको प्रमुख एजेन्डा रहेको छ । 

संगठन विस्तारको जारी अभियान जनस्तरमा अत्यन्तै प्रभावकारी देखिएको हुँदा यसलाई आगामी दिनमा थप व्यवस्थित ढंगले निरन्तरता दिनुपर्ने पार्टी नेतृत्वको प्रारम्भिक बुझाइ रहेको बताइन्छ ।
 
यसका साथै, पार्टीको आगामी संगठनात्मक कार्यदिशा र पार्टीको निजी भवन निर्माणबारे पनि बैठकमा छलफल हुने बताइएको छ । बैठक भोलि शुक्रबार सम्पन्न हुनेछ ।
 
स्थानीय उपनिर्वाचनमा कुल १२ स्थानमा उमेदवारी दिएको जसपा नेपाल मधेस प्रदेशमा दुई वडाध्यक्षमा विजयी भएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, मंसिर २८, २०८१  १४:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro