site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै, यी विषयमा हुनेछ छलफल
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आज बस्दै छ । बिहीबार दिउँसो ३ बजेका लागि तय भएको बैठक स्थगित भएको थियो । उक्त बैठक आज बस्न लागेको हो । 

कार्यालयका सचिव श्रीराम ढकालका अनुसार, बैठक बिहान ११  बजे बस्नेछ । 

स्थायी कमिटी बैठकमा उपनिर्वाचनको समीक्षालगायत समसमायिक विषयमा छलफल हुनेछ । 

पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलाई पार्टीमा जिम्मेवारी दिने तयारी भएको नेताहरूले बताएका छन् ।

पुनले पार्टीमा सक्रिय हुन खोजेका छन् । यसअघि नै पार्टीको पदाधिकारी बैठकमा आमन्त्रित केन्द्रीय सदस्यको रूपमा पुन उपस्थित भइसकेका छन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, मंसिर २८, २०८१  ०८:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro