site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
सन्दीप भन्छन्– जित लेखेको छैन भने तन्त्रमन्त्र जे गरे पनि केही हुँदैन
फाइल तस्बिर ।

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किंग्सको कप्तानी सम्हालिरहेका सन्दीप लामिछानेले भाग्यमा नभए जे गरे पनि जित निकाल्न नसकिने बताएका छन् ।

सन्दीपको टोली विराटनगरले बिहीबारको पहिलो खेलमा पोखरा एभेन्जर्सविरुद्ध सुपर ओभरमा हार बेहोरेको थियो । खेलमा टस जितेर ब्याटिङमा आएको विराटनगरले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १३९ रनको योगफल खडा गरेको थियो ।

१४० रनको विजयी लक्ष्यसहित मैदान उत्रिएको पोखराले २० ओभरमा ६ विकेट गुमाएर १३९ रन नै बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो । सुपर ओभरमा भने विराटनगर १३ रनले पराजित भएको थियो । हारपछि सन्दीपले हुने कुरालाई टार्न नसकिने बताएका हुन् । “सुपर ओभरमा पुगेर हारियो । हुने कुरालाई टार्न सकिन्न । हारका बाबजुद टिमको प्रदर्शनप्रति सन्तुष्ट छु । अझै पनि हामी सबैजनालाई एकअर्कामा विश्वास छ,” हारपछि सन्दीपले भने, “राम्रो खेल्दाखेल्दै पनि जित आउँदैन कहिलेकाही । तर, हामी एकअर्कामा इमान्दार भएर बस्नुपर्छ । जित लेखेकै छैन भने, तन्त्रमन्त्र जे गर्दा पनि त्यो आउदैन ।”

हारसँगै पाँच खेलबाट दुई अंक मात्र जोडेको विराटनगर तालिकाको पुछारमा छ । विराटनगरविरुद्ध जित निकालेको पोखरा भने पाँच खेलबाट चार अंकसहित तालिकाको छैटौँ स्थानमा छ ।

 

प्रकाशित मिति: बिहीबार, मंसिर २७, २०८१  १९:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro