site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
कुमोन शिक्षा कार्यक्रम कार्यान्वयनमा  

काठमाडौं । विश्वव्यापी रूपमा मान्यताप्राप्त कुमोन शिक्षा कार्यक्रम नेपालमा आधिकारिक रूपमा कार्यान्वयनमा आएको छ । आज बुधबार आयोजित सम्मेलनमा विभिन्न शिक्षाविद्, विद्यालयका शिक्षक र सरोकारवालाबीच सो कार्यक्रम कार्यान्वयनको घोषणा गरिएको हो । 

सन् १९५८ मा जापानको ओसाकाबाट थालनी भएको यो कार्यक्रमले विद्यार्थीको मानसिक विकास, ‘आइक्यु’को स्तर वृद्धिसँगै आलोचनात्मक सोच र समस्या समाधान क्षमताको विकासमा योगदान पुग्ने बताइएको छ ।

विभिन्न ४० भन्दा बढी विद्यालयका प्रधानाध्यापकको सहभागिता रहेको कार्यक्रममा जापानस्थित एनपिओ कलरबाथका अध्यक्ष योसिकावा युसुकेले शिक्षामा नवप्रवर्तनशील विधिहरूको महत्त्वमा जोड दिए । 

जापानस्थित कुमोन मुख्यालयकी प्रतिनिधि मित्सुको सिमाजोइले कुमोन कार्यक्रमको विश्वव्यापी प्रभाव रहेको जनाउँदै विश्वका १० प्रतिशत विद्यार्थी (करिब ४० लाख)ले कुमोन विधि प्रयोग गरिरहेको बताइन् । यो कार्यक्रम विश्वका ६५ देशका २३ हजार सात सय केन्द्रमा सञ्चालित छन् ।

प्रकाशित मिति: बुधबार, मंसिर २६, २०८१  १८:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro