साहित्य
काठमाडौं । लघुकथा सर्जकहरूसँग भेटघाट, वार्ता र लघुकथा केन्द्रित संवादको माध्यमद्वारा लघुकथाको उन्नयनमा सहयोग पुर्याउने उद्देश्यले थालिएको विलोम अभ्यासमा यसपटक अग्रज आख्यानकार एवम् कवि पुष्कर लोहनीसँग अन्तरक्रिया गरिएको छ ।
अग्रज साहित्यकार लोहनीसँग करिब तीन घण्टा नेपाली लघुकथा, कुथुङ्ग्री, आख्यान साहित्य तथा कविताका विषयमा चर्चा भएको साहित्यकार विनोद नेपालले जनाएका छन् ।
लघुकथा के हो, कस्तो हुनुपर्छ, लघुकथा लेखनको पछिल्लो प्रवृत्ति, त्यसको स्तरीयता मापनका सन्दर्भमा लामो कुराकानी भएको विलोम अभियानका नेपालले जानकारी दिएका छन् ।
प्रकाशित मिति: बुधबार, मंसिर २६, २०८१ ०८:३९
प्रतिक्रिया दिनुहोस्