site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
सिटौला र उप्रेती सम्मानित

काठमाडौं । साहित्यिक पत्रकार संघले एक कार्यक्रमको आयोजना गरी दुई सर्जकलाई सम्मानित गरेको छ । मंगलबार अनामनगरमा आयोजित कार्यक्रममा संघले ‘साहित्यिक पत्रकार संघ स्वर्ण महोत्सव सम्मान, २०८०’ साहित्यकार मोहन सिटौलालाई तथा ‘व्यथित काव्य डायस्पोरा सम्मान, २०८१’ कवि सुरेन उप्रेतीलाई प्रदान गरेको छ । कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. सुरेन्द्र केसी लगायतले उक्त सम्मान प्रदान गरे ।

संघका अध्यक्ष राधेश्याम लेकालीले संघ २०२९ सालमा स्थापना भएको जानकारी दिँदै यस संस्थाले २०३७ सालमा साहित्यकार बीपी कोइरालालाई समेत सम्मान गरेको स्मरण गरे ।

Dabur Nepal
NIC Asia

लेकालीले संघले विभिन्न पुरस्कार तथा सम्मानको स्थापना गरेको पनि जानकारी दिँदै अमेरिका बस्ने सिटौला र क्यानडा बस्ने उप्रेती नेपाल आएको मौका पारेर उक्त सम्मान प्रदान गरिएको बताए ।

कार्यक्रममा प्रमुख अतिथि प्रा.डा. केसी, प्राज्ञ बाबा बस्नेत सहित सम्मानित व्यक्तिहरूले बोलेका थिए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर २५, २०८१  १२:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro