site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको सद्भावना दूतमा प्रदीप र सुरक्षा 

काठमाडौं । कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको सद्भावना दूतमा प्रदीप खड्का र सुरक्षा पन्त नियुक्त भएका छन् । 

खड्काले महोत्सवले चलचित्रलाई पर्यटन प्रवर्द्धनको शक्तिशाली माध्यमका रूपमा स्थापित गर्ने विश्वास व्यक्त गरे । आफ्नो चलचित्र ‘प्रेम गीत–२’ को छायांकन रारा ताल क्षेत्रमा भएको स्मरण गर्दै उनले कर्णालीको पर्यटनमा चलचित्रले पुर्याएको प्रभावको चर्चा गरे ।

अभिनेत्री पन्तले कर्णालीसँगको आफ्नै सम्बन्धलाई चलचित्र ‘बुलाकी’ मार्फत अनुभव गरेको बताइन् । उनले महोत्सवले कर्णालीको कथालाई अझ उजागर गर्न सहयोग गर्ने विश्वास व्यक्त गरिन् । 

Dabur Nepal
NIC Asia

उनले कर्णालीको जीवनका थप कथाहरूमा अभिनय गर्न चाहेको बताउँदै महोत्सवको सुरुआतले राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा कर्णालीलाई चिनाउने प्रयासलाई बलियो बनाउने धारणा राखिन् ।

नेपाली चलचित्र क्षेत्रको प्रवर्द्धन र कर्णाली प्रदेशको पर्यटन विकासलाई टेवा पुर्याउने उद्देश्यले दोस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ आगामी फागुन २४ गतेदेखि सुरु हुने भएको छ । रेड चेरी मिडियाले आयोजना गर्ने महोत्सवले ‘घुमौँ कर्णाली, हेरौँ कर्णाली’ भन्ने नारालाई मूर्त रूप दिने प्रयास गर्दै कर्णालीको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र पर्यटकीय सम्भावनालाई विश्वसामु चिनाउने लक्ष्य लिएको आयोजकले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।

महोत्सव निर्देशक चक्रबहादुर चन्दले महोत्सवले कर्णालीको ऐतिहासिक र सांस्कृतिक महत्वलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने बताए । यसपटक महोत्सवले जलवायु परिवर्तनका मुद्दाहरूलाई समेत प्राथमिकतामा राख्दै ‘रारा चलचित्र पर्यटन तथा जलवायु परिवर्तन समिट’ आयोजना गर्ने घोषणा गरेको छ । 

महोत्सवका कार्यक्रमहरूमा चलचित्र प्रदर्शन, कार्यशाला, अन्तरक्रिया र अवार्ड समारोहजस्ता विविध गतिविधि समेटिएका छन् ।

दोस्रो संस्करणको महोत्सवको कर्णाली प्रदेशको राजधानी सुर्खेतमा फागुन २४ गते औपचारिक रूपमा उद्घाटन हुनेछ । चैत १६ गते काठमाडौंको नेपाल पर्यटन बोर्डमा ‘कर्णाली अन्तर्राष्ट्रिय चलचित्र पर्यटन तथा जलवायु अवार्ड समारोह’ हुनेछ । चैत ३० गते मुगुको रारा ताल प्रांगणमा ‘रारा चलचित्र पर्यटन तथा जलवायु समिट’ आयोजना हुनेछ ।

तस्बिर : सुरेन्द्र थापा
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर २४, २०८१  ०६:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro