site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कर्मचारीतन्त्र खेलौनाजस्तो भयो : मुख्यसचिव अर्याल
तस्बिर : रासस ।

काठमाडौं । मुख्यसचिव एकनारायण अर्यालले कर्मचारीतन्त्र खेलौनाजस्तो भएको गुनासो गरेका छन् । प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको आइतबारको बैठकमा उनले संघीय निजामती सेवा विधेयक पारित नहुँदा समस्या भएको बताएका हुन् ।

निजामती विधेयकमाथिको छलफलका क्रममा उनले राजनीतिक संघीयता कार्यान्वयन भएको उल्लेख गरे । तर, प्रशासनिक संघीयता कार्यान्वयन हुन नसकेको उनको आरोप छ ।

कर्मचारीको मनोबल उच्च नहुँदा नागरिकलाई सेवा दिन नसकिएको उनले बताए । सोही कारण नागरिक र सरकारबीच दूरी सिर्जना भएको उनको बुझाइ छ ।

कानुन अभावमा २०० कर्मचारीले पेन्सनपट्टा नपाएको उनले सुनाए । उनले भने, “स्थायी संयन्त्र भनिए पनि अस्थायीजस्तै भयो । कानुन अभावमा प्रदेश मन्त्रालयमा कर्मचारी खटाउन सकिएको छैन ।” 

चाँडो विधेयक टुंगो लगाए मात्र संघीयता कार्यान्वयन हुने र कर्मचारीतन्त्र पद्धतिगत ढंगले चल्ने उनले बताए । उनले थपे, “कर्मचारीतन्त्र खेलौनाजस्तो भएको छ, कर्मचारीतन्त्र बलियो नभए कसरी काम हुन्छ ?”

नागरिकले अपेक्षा गरेअनुसार कर्मचारीतन्त्र बनाउन निजामती सेवा विधेयक तत्काल टुंगो लगाउनुपर्ने मुख्यसचिव अर्यालको सुझाव छ ।
 

प्रकाशित मिति: आइतबार, मंसिर २३, २०८१  १५:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro