site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विराटनगरविरुद्ध कर्णालीका बोसिस्टोले पनि बनाए अर्धशतक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किंग्सविरुद्ध कर्णाली याक्सका मध्यक्रमका ब्याटर विलियम बोसिस्टोले पनि अर्धशतक बनाएका छन् ।

शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारे ब्याटिङमा उत्रिएको कर्णालीबाट बोसिस्टोले ३७ बलमा ५० रन पूरा गरे । यसक्रममा उनले चार चौका र दुई छक्का प्रहार गरे । 

यही मंसिर १५ गतेदेखि जारी प्रतियोगितामा अर्धशतक बनाउने बोसिस्टो १४औँ खेलाडी हुन् । कर्णालीबाट भने बोसिस्टो अर्धशतक बनाउने तेस्रो ब्याटर बने । बोसिस्टोअघि कर्णालीबाट शिखर धवन र देव खनालले अर्धशतक बनाएका छन् । देवले शनिबार नै अर्धशतक बनाएका हुन् ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर २२, २०८१  १४:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro