site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नासाले सार्‍यो चन्द्रमामा मान्छे पठाउने मिति

काठमाडौं । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमामा मान्छे पठाउने आर्टेमिस मिसनको मिति सारेको छ । नासाका प्रशासक बिल नेल्सनले बिहीबार चन्द्रमामा मान्छे पठाउने मिसनका दुई प्रक्षेपण मिति सारेको बताएका हुन् ।

उनका अनुसार चन्द्रमा वरिपरि अन्तरिक्षयात्री पठाउने मिसन सन् २०२६ को अप्रिलका लागि सारिएको हो । त्यसपछिको वर्ष सन् २०२७ मात्रै चन्द्रमामा मान्छे अवतरण गर्ने तय भएको छ ।

नासाले लकहिड मार्टिन एयरोस्पेस कम्पनीले बनाएको ओरियन क्रु क्याप्सुल र यसको हिट सिल्डको परिक्षणपछि मिति सार्ने घोषणा गरेको हो । यसअघि सन् २०२२ को जुनमा पृथ्वीको वायुमण्डलमा पुनः प्रवेश गर्दा यसमा समस्या देखिएको थियो ।

सन् १९७२ पछि पृथ्वीको भूउपग्रह चन्द्रमामा दोस्रोपटक मान्छे उतार्ने नासाको आर्टिमिस मिसनमा सन् २०२५ सम्म ९३ अर्ब अमेरिकी डलर खर्च हुने अनुमान गरिएको छ । यसअघि चन्द्रमामा मान्छे उतार्ने मिसनको मिति सन् २०२५ को सेप्टेम्बर भनिएको थियो ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, मंसिर २१, २०८१  १७:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro