site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पावरप्लेमा चितवनको खराब सुरुआत 

काठमाडौं । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपाीएल)अन्तर्गत कर्णाली याक्सविरुद्ध पावरप्ले (सुरुआती ६ ओभर)मा तीन विकेट गुमाएर २८ रन बनाएको छ ।

शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको चितवनका निम्ति कप्तान कुशल मल्ल चार र रवि बोपारा एक रन बनाएर खेलिरहेका छन् ।

कर्णालीका निम्ति सोमपाल कामी, नन्दन यादव र जिसन मक्सुदले समान एक विकेट लिए ।

पहिलो ओभरको पाँचौँ बलमा कप्तान सोमपालले लुक बेन्केनस्टेइनलाई रनको खाता पनि खोल्न नदिई बोल्ड गरे ।

चौथो ओभरको पाँचौैँ बलमा नन्दन यादवले आठ रन बनाएर खेलिरहेका दीपक बोहरालाई देव खनालबाट क्याच गराए । छैटौँ ओभरको पहिलो बलमा जिसन मक्सुले विपीन रावललाई व्यक्तिगत ११ रनमा बोल्ड गरे ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, मंसिर २१, २०८१  ०९:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro