site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘ह्रस्व दीर्घ’ले १० करोड ६० लाख कलेक्सन गरेको दाबी

काठमाडौं । चलचित्र ‘ह्रस्व दीर्घ’ले १० करोड ६० लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ । हालसम्म ‘ह्रस्व दीर्घ’ल नेपालमा १० करोड ६० लाख रुपैयाँ ग्रसकलेक्सन गरेको निर्माणपक्षले जानकारी दिएको छ । 

अभिनेत्री नीता ढुंगानाको निर्माण तथा अभिनय रहेको चलचित्रमा हरिहर अधिकारी, नीता ढुंगाना, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकार, सञ्चीता लुईटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झालगायत कलाकारको अभिनय छ । 

नीता फिल्मस्को प्रस्तुतिमा निर्माण भएको चलचित्रका कार्यकारी निर्माता धनन्जय गलानी हुन् । 

चलचित्रमा अभिनेता हरिहर अधिकारीको कथा र प्रतीक पौडेल, निर्देशक चन्द्र पन्त र हरिहरको पटकथा तथा संवाद रहेको छ । यो चलचित्र बलिउडका चर्चित सिनेमेटोग्राफर कवीरलालले खिचेका हुन् ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २०, २०८१  १०:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro