site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विराटनगरका ओपनर लोकेश भन्छन्– आज खेल जिताउँछु भन्ने विश्वास राखेको थिएँ
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपाल प्रिमिय लिग (एनपीएल)मा विराटनगरको पहिलो जितमा ‘प्लेयर अफ द म्याच’ चुनिएका लोकेश बमले पहिलो इनिङपछि नै आफूमा खेल जिताउँछु भन्ने विश्वास रहेको प्रतिक्रिया दिएका छन् ।

बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा विराटनगरले लुम्बिनी लायन्सलाई हराउँदा ओपनर लोकेशले ७१ रन बनाएका थिए । लोकेशको उत्कृष्ट प्रदर्शनप्रेरित विराटनगर लुम्बिनीविरुद्ध १९२ रनको कीर्तिमानी लक्ष्य पूरा गरेको थियो । यो प्रतियोगितामा कुनै पनि टिमले पूरा गरेको सबैभन्दा ठूलो लक्ष्य हो ।

जितपछि लोकेशले भने, “एक ओपनरको रूपमा मेरो भूमिका सधैँ टिमलाई राम्रो सुरुआत दिने हुन्छ । पहिलो इनिङपछि म खेल जिताउँछु भन्ने कुरा गरिरहेको थिएँ । त्यो विश्वास राखिराखेको थिएँ । दिमागमा शतक हान्छु भन्ने थिएन, तर खेल जिताउँछु भन्ने थियो । विदेशी खेलाडीहरू यो माहोलमा अभ्यस्त छैनन् । उनीहरूका लागि यो नयाँ हो । हामी सधैँ यही खेलिराखेको छौँ । हामीले स्टेप अप गर्नुपर्छ जस्तो लाग्छ । खेलिरहेको मैदान भएर नेपाली नै खेल जिताउने हुनुपर्छ भन्ने कुरा भइरहेको थियो ।”

तीन खेलमा दुई अंक जोडेको विराटनगर तालिकाको पाँचौँ स्थानमा छ । विराटनगर यसअघि पहिलो खेलमा जनकपुर बोल्ट्ससँग आठ विकेटले र दोस्रो खेलमा ९० रनको हार बेहोरेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर १९, २०८१  १९:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro