site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
यी हुन् नेपाल र चीनबीच हस्ताक्षर भएका नौ सम्झौता

काठमाडौं । नेपाल र चीनबीच मंगलबार चीनको बेइजिङमा नौ वटा समझदारीपत्र (एमओयू) तथा सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।  प्रधानमन्त्री केपी शर्मा ओलीको चारदिने चीन भ्रमणमा क्रममा ती समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर भएको हो । 

प्रधानमन्त्री ओली र चिनियाँ समकक्षी ली छ्याङबीच मंगलबार बेइजिङमा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता सम्पन्न भएको थियो । त्यसपछि दुई देशका सम्बन्धित अधिकारीले समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

“खासगरी द्विपक्षीय वार्ता सम्पन्न भइसकेपछि नेपाल र चीन बीचमा ९ वटा महत्त्वपूर्ण सहमति तथा समझदारीपत्रमा हस्ताक्षर भएको छ,” चीन भ्रमणमा रहेका परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले भने ।

प्रवक्ता ढकालका अनुसार नेपाल र चीनबीच भएका नौ वटा समझदारी तथा सम्झौतापत्रमा टोखा–छहरे सुरुङ मार्गसम्बन्धी पत्रको आदानप्रदान, नेपाल–चीन व्यापार अभिवृद्धिसम्बन्धी समझदारीपत्र, नौ तले बसन्तपुर दरबार पुनर्निर्माण सम्पन्न प्रमाणपत्रको आदानप्रदान, थर्मली प्रोसेस बफेलो मिट निर्यातसम्बन्धी प्रोटोकल रहेको छ । त्यस्तै, विकास योजनासम्बन्धी समझदारीपत्र, आर्थिक तथा प्राविधिक सहयोगसम्बन्धी समझदारीपत्र, नगद सहयोगसम्बन्धी पत्र आदानप्रदान, स्वयंसेवी चिनियाँ भाषा शिक्षकसम्बन्धी समझदारीपत्र तथा नेपाल टेलिभिजन र चाइना मिडियाबीच सञ्चार प्रविधिसम्बन्धी समझदारीपत्र छन् । 

“प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षीबीच आज अत्यन्त सौहार्दपूर्ण रूपमा द्विपक्षीय वार्ता सम्पन्न भयो । यो वार्तामा द्विपक्षीय हितका विविध पक्षमा विस्तृत रूपमा छलफल भएको छ,” प्रवक्ता ढकालले भने । 

द्विपक्षीय बैठकमा खासगरी कनेक्टीभिटी, औद्योगिक विकास, पूर्वाधार विकास, मेडिकल कोअपरेसन, कृषि, व्यापार, पर्यटन, लगानी, विज्ञान तथा प्रविधि, खेलकुद, विपद् व्यवस्थापन, जनता–जनताबीचको सम्पर्क, गरिबी निवारण लगायतका क्षेत्रमा थप सहयोग आदानप्रदान गर्ने विषयमा छलफल भएको थियो । 

“यो द्विपक्षीय वार्ताले नेपाल र चीनबीचको सम्बन्धलाई अझ उचाइमा लैजान योगदान पुगेको छ,” परराष्ट्र मन्त्रालयका प्रवक्ता ढकालले भने । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, मंसिर १८, २०८१  १२:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro