site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कीर्तिपुरको पाँच वडाको गणना सकियो, डंगोललाई पछ्याउँदै मानन्धर 

काठमाडौं । कीर्तिपुर नगरपालिकामा नेपाली कांग्रेसका उमेदवार कृष्णमान डंगोलले अग्रता कायमै राखेका छन् । आइतबार भएको उपनिर्वाचनको जारी मतगणनाको पछिल्लो परिणामअनुसार कांग्रेसका उमेदवार डंगोलले दुई हजार ९३० मत प्राप्त गरेका छन् । 

उनलाई नेकपा (एमाले)का उमेदवार सुरेन्द्र मानन्धरले ५४६ मतान्तरले पछ्याइरहेका छन् । मानन्धरले दुई हजार ३८४ मत ल्याएका छन् । नेकपा (माओवादी केन्द्र)का उमेदवार शिवशरण महर्जनले दुई हजार १०१ मत पाएका छन् । 

स्वतन्त्र उमेदवार राजमान महर्जनले एक हजार ११३ मत ल्याएर चौथो स्थानमा छन् । त्यस्तै, स्वतन्त्र उमेदवार दिनेश अधिकारीले ९१७ र कविकुमार महर्जनले ७०८ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कीर्तिपुरका १० मध्ये पाँच वडाको मत गणना सकिएको छ । कीर्तिपुरको वडा नम्बर १ र ४ को अध्यक्ष पदमा कांग्रेसका उमेदवारहरू निर्वाचित भएका छन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, मंसिर १७, २०८१  १६:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro