site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
अमेरिकी राष्ट्रपतिले अपराधमा दोषी ठहर भएका आफ्ना छोरालाई दिए माफी

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले बन्दुक र करसम्बन्धी मुद्दामा दोषी ठहर भएका आफ्ना छोरा हन्टर बाइडेनलाई औपचारिक रूपमा क्षमादान गरेका छन् । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले आइतबार एक विज्ञप्ति जारी गर्दै बाइडेनले उनका छोरालाई पूर्ण रूपमा र बिनाकुनै सर्त माफी दिएको जनाएको छ ।

राष्ट्रपति बाइडेनले यसअघि बारम्बार आफ्नो छोरालाई माफी दिने एवं सजाय कम गर्ने कार्यका निम्ति कार्यकारी अधिकार प्रयोग नगर्ने बताउँदै आएका थिए । हाल उनले त्यसको ठिकविपरीत माफी दिएका हुन् ।

हन्टर बाइडन गएको सेप्टेम्बरमा करसम्बन्धी मुद्दामा दोषी ठहर भएका थिए । गएको जुनमा उनी अवैध रूपमा बन्दुक किनेको र लागुऔषध प्रयोग गरेको मुद्दामा दोषी ठहर भएका थिए । यसरी विभिन्न अपराधमा दोषी ठहरिने उनी बहालवाला राष्ट्रपतिको पहिलो सन्तान बनेका थिए ।

उनलाई यसै डिसेम्बर १२ मा बन्दुक र त्यसको चार दिनपछि करसम्बन्धी मुद्दामा सजाय सुनाइने तय थियो । उनलाई करसम्बन्धीमा १७ र बन्दुकको मुद्दामा २५ वर्षसम्मको सजाय तोकिन सक्ने थियो । तर, बाइडेनले आफ्नो कार्यकारी अधिकार प्रयोग गर्दै छोरालाई माफी दिएका हुन् ।

नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले बाइडेनको यो कदमलाई ‘न्यायको दुरुपयोग र अवहेलना’ भनेका छन् । उनले गत अक्टोबरमै बाइडेनले उनका छोरालाई माफी दिएमा अचम्म मान्न नहुने टिप्पणी गरेका थिए । बाइडेनको यो निर्णयसँगै उनको चर्काे आलोचना भइरहेको छ ।

प्रकाशित मिति: सोमबार, मंसिर १७, २०८१  ११:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro