site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कपिलवस्तुको शुद्धोधन–६ मा एमालेका मुसलमान विजयी

काठमाडौं । कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नं ६ को अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का मोहमद ताहिर मुसलमान विजयी भएका छन् । 

आइतबार समपन्न आमनिर्वाचनमा उनले एक हजार १५० मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दिनेशकुमार यादवले एक हजार ७६ मत प्राप्त गरे । 

जनमत पार्टीका सीताराम पटेल कुर्मीले ४२३, जनता समाजवादी पार्टी, नेपालका रामबहादुर कुर्मी चौधरीले ३४१, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का रफि मोहम्मद मुसलमानले १३८, राष्ट्रिय स्वतन्त्र पार्टीका अवधेशकुमार चौधरीले ९२ र राष्ट्रिय प्रजातन्त्र पार्टीका इनताज अहमद धोवीले ६६ मत पाए ।  

नागरिक उन्मुक्ति पार्टीका सूर्यकुमार चौधरी थारुले ३३, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सुब्बा थारुले १५ र स्वतन्त्र उमेदवार अब्दुल अब्वल फकिरले एक मत पाएका छन् । रासस

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर १७, २०८१  ०५:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro