site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काभा पुरुष भलिबल क्लब च्याम्पियनसिपमा पाँच टोली

काठमाडौं । काभा पुरुष भलिबल क्लब च्याम्पियनसिपमा पाँच टोलीले सहभागिता जनाउने भएका छन् ।  

नेपाल भलिबल संघले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा नेपालका दुई तथा भारत, माल्दिभ्स र इरानका समान एक क्लबले प्रतिस्पर्धा गर्ने जानकारी दिएको छ ।

प्रतियोगितामा आठौँ प्रधानमन्त्री कप एनभीए लिगको विजेता टिप टप हेल्प नेपाल स्पोर्टस क्लब र उपविजेता गण्डकी प्रदेशसँगै भारतको क्यालिकट, माल्दिभ्सको एचडीसी र इरानको चादौरा मालो क्लबको सहभागिता रहनेछ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा मंसिर २२ देखि २९ गतेसम्म हुने प्रतियोगितामा कुल १४ खेल हुनेछन् ।

प्रतियोगितामा एक अर्कासँग प्रतिस्पर्धा गरेपछि शीर्ष चार टोलीले सेमिफाइनलमा स्थान पक्का गर्नेछन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर १४, २०८१  १८:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro