site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
बेलायती कम्पनीलाई नेपालमा लगानी गर्न महासंघका अध्यक्ष ढकालको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बेलायती कम्पनीहरूलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन् । लन्डनमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै ढकालले जलविद्युत, पर्यटन, कृषि, सूचना प्रविधि, पूर्वाधार र उत्पादन क्षेत्रमा आकर्षक अवसर रहेकाले बेलायती व्यवसायीलाई लगानीका लागि आग्रह गरेका हुन् ।

नेपाल र बेलायतबीचको आर्थिक सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यसहित लन्डनस्थित नेपाली दूतावासमा आयोजित कार्यक्रममा दुवै देशका व्यापारी, लगानीकर्ता र समुदायका प्रतिनिधिको सहभागिता थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

कार्यक्रममा विशेष सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपाल र बेलायतबीच २०० वर्षभन्दा लामो ऐतिहासिक सम्बन्ध रहेको, गोरखा सैनिक भर्ती, विकास सहयोग, शिक्षा र व्यापारमा बेलायतको ठूलो योगदान रहेको चर्चा गर्दै दुई देशबीचको यो सम्बन्धलाई व्यापार र लगानीमार्फत थप उचाइमा पुर्‍याउनुपर्ने बताए । 

नेपालमा लगानीका प्रशस्त सम्भावनाहरू रहको चर्चा गर्दै उनले नेपालको रणनीतिक भौगोलिक अवस्थिति, युवा र दक्ष जनशक्ति, कम श्रम लागत र विस्तार भइरहेको मध्यम वर्गले लगानीमैत्री वातावरण निर्माण गरेको बताए । 

“नेपालमा जलविद्युत्, पर्यटन, कृषि, सूचना प्रविधि, पूर्वाधार र उत्पादन क्षेत्रमा आकर्षक अवसर रहेको छ । नेपालसँग ४० हजार मेगावाटभन्दा बढी जलविद्युत् उत्पादन गर्न सक्ने क्षमता छ । स्वच्छ र हरित ऊर्जा भविष्य हो, र हामी बेलायती कम्पनीहरूलाई यी अवसरमा सहभागी हुन आमन्त्रण गर्छौं,” अध्यक्ष ढकालले भने ।

 

प्रकाशित मिति: शुक्रबार, असार २०, २०८२  १८:२७
प्रतिक्रिया दिनुहोस्