site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
रुसले पहिलोपटक युक्रेनमा प्रहार गर्‍यो अन्तरमहाद्वीपीय ब्यालिस्टिक मिसाइल

काठमाडौं । रुसले पहिलोपटक युक्रेनमा अन्तरमहाद्वीपीय ब्यालिस्टिक मिसाइल (आईसीबीएम) आक्रमण गरेको छ । आईसीबीएमले पाँचहजार ५०० किलोमिटरभन्दा बढीको दायरामा आक्रमण गर्न सक्छ । यो विशेष गरी आणविक हतियार प्रक्षेपण गर्न प्रयोग गरिन्छ ।

युक्रेनको वायुसेनाले बिहीबार आक्रमणको पुष्टि गरेको छ । युक्रेनले रुसमा बेलायती र अमेरिकी मिसाइल आक्रमण गरेपछि रुसले जवाफी आक्रमण गरेको हो ।

Dabur Nepal
NIC Asia

बुधबार युक्रेनले रुसमाथि बेलायती मिसाइल स्टर्म शैडो क्रुजबाट आक्रमण गरेको थियो । त्यसअघि, मंगलबार युक्रेनले रुसमाथि अमेरिकी लामो दुरीको एटीएसीएमएस ब्यालेस्टिक मिसाइल आक्रमण गरेको थियो ।

रुसले गत महिना आफ्नो भूमिमा नेटो देशका हतियार प्रयोग भए तेस्रो विश्वयुद्धको सुरुवात मानिने बताएको थियो ।

रुस–युक्रेनमा तनाव बढ्दै गएपछि तीन नर्डिक देशले युद्धको चेतावनी दिएका छन् । नर्वे, फिनल्यान्ड र डेनमार्कले आफ्ना नागरिकहरूलाई अत्यावश्यक वस्तुहरूको भण्डारण गर्न र आफ्ना सैनिकहरूलाई युद्धका लागि तयार गर्न निर्देशन दिएका छन् ।

बीबीसीबाट ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर ६, २०८१  १६:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro