site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बीवाईडीका ३० वर्ष : एक करोड गाडी उत्पादन, ईभी प्रविधिमा फड्को

काठमाडौं । विश्वकै प्रमुख नयाँ उर्जा सवारीसाधन (एनईभी) र पावर ब्याट्री निर्माता बीवाईडीले आफ्नो ३०औँ वार्षिकोत्सव मनाएको छ । कम्पनीले ३०औँ वार्षिकोत्सव अवसरमा आफ्नो एक करोड ईभी सियाओमी उत्पादन केन्द्रको शेन्जेन–शानवेई विशेष क्षेत्रमा उत्पादन गरी ऐतिहासिक उपलब्धि हासिल गरेको बताएको छ ।

यो उपलब्धिले दिगो यातायातप्रति बीवाईडीको दृढ प्रतिबद्धता र अटोमोबाइल उद्योगमा विश्वव्यापी लिडरको रूपमा कम्पनीको स्थानलाई थप बलियो बनाएको कम्पनीको भनाइ छ ।

३०औँ वार्षिकोत्सव कार्यक्रममा बीबाईडीका सभापति एवम् अध्यक्ष वाङ चुआनफुले २० कर्मचारीसहित सानो स्टार्टअपबाट सुरू भएको कम्पनी आज विश्वभर लगभग दश लाख कर्मचारीसहित बहुराष्ट्रिय कम्पनीमा बनेको स्मरण गराए ।

वाङले प्राविधिक इनोभेसनप्रतिको प्रतिबद्धता र यातायातको भविष्यलाई रूपान्तरण गर्न बीवाईडीको महत्त्वपूर्ण भूमिका रहेको बताए ।

एक करोड ईभी उत्पादन गर्ने विश्वकै पहिलो अटोमोबाइल कम्पनी बनेको बीवाईडीले जनाएको छ ।

कम्पनीले पहिलो ५० लाख ईभी उत्पादन गर्न १५ वर्ष लगाएको तर, अर्को ५० लाख गाडी १५ महिनामै उत्पादन गरेको बताएको छ ।

एक करोडौँ गाडी डेन्जा जेठनाइन्, गेम साइन्सका संस्थापक एवम् सीईओ तथा चर्चित खेल ‘ब्ल्याक मिथः बुकोंग’का स्रष्टा फेङ जीलाई प्रदान गरिएको कम्पनीले जनाएको छ ।

बीवाईडीको संस्कृतिका बारेमा गहिरो जानकारी दिन प्रसिद्ध चिनियाँ वित्तीय पत्रकार तथा लेखक किन् सुओले १०० जना मध्यस्तर र उच्च स्तरका कार्यकारी एवं कर्मचारीसँग अन्तर्वार्ता गरेका छन् ।

उक्त जानकारीहरू ‘द सोल अफ इन्जिनियरस’ नामक पुस्तकमा संकलित गरिएको छ।

बीवाईडीले आफ्नो आगामी योजनामा अटोमोटिभ प्रणालीहरूलाई एकीकृत गर्ने बौद्धिक (एआई) प्रविधिमा एक खर्ब युआनको लगानी गर्ने लक्ष्य राखेको छ ।

यसले बीवाईडीको सम्पूर्ण सवारीसाधन श्रृंखलामा व्यापक सुधार ल्याउने कम्पनीको विश्वास छ ।

यो प्रतिबद्धताले बीवाईडीलाई प्राविधिक प्रगति र नवप्रवर्तनमा अग्रणी राख्न सुनिश्चित गर्ने र विश्व बजारमा प्रतिस्पर्धी स्थान कायम राख्ने कम्पनीको भनाइ छ ।

इन्जिनियरिङ मनोभाव र दिगो विकासप्रतिको प्रतिबद्धतामा बीवाईडी विश्वस्तरीय उच्च प्राविधिक कम्पनीको रूपमा आफ्नो स्थान सुदृढ गर्न तयार रहेको वाङले बताएका छन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, मंसिर ५, २०८१  १७:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro