site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
स्वामीकार्तिक उपनिर्वाचन : थापा र विकको उमेदवारी फिर्ता
Dabur Nepal
NIC Asia

बाजुरा । यही मंसिर १६ गते हुन लागेको उपनिर्वाचनमा स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष पदका दुई उमेदवारले उमेदवारी फिर्ता लिएका छन् । आज मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर नेकपा (माओवादी केन्द्र)की उमेदवार राजुकुमारी विक र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की उमेदवार सुनादेवी थापा भोटे (धामी)ले उमेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृत सञ्जीव पोखरेलले जानकारी दिए ।  

गाउँपालिकामा रिक्त रहेको उपाध्यक्ष पदका लागि पाँच दलले मनोनयन दर्ता गराए पनि आज अन्तिम समयमा माओवादी केन्द्र र राप्रपाकी उमेदवारले फिर्ता लिएका हुन् । विसं २०७९ मा भएको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित उपाध्यक्ष मैनादेवी जोशीको २०८० माघ ४ गते निधन भएपछि यहाँ उपनिर्वाचन हुन लागेको हो । 

रिक्त पदका लागि सत्तारूढ दल नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (एकीकृत समाजवादी)बीच चुनावी प्रतिस्पर्धा हुने भएको छ । यहाँ २०७९ को स्थानीय तह निर्वाचनमा कांग्रेस उमेदवार जोशीले एक हजार ८१० मत ल्याएकी थिइन् । उपनिर्वाचनमा हाल नौ मतदानस्थल र सात हजार ४६० मतदाता रहेका छन् । मनोनयन दर्ता गराएका तीन दलका उमेदवारलाई आज नै चुनाव चिह्न प्रदान गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर ५, २०८१  १५:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro