site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेसनल लाइफले गर्‍यो सीईओ क्लब सदस्य सम्मान
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले विराटनगरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

आर्थिक वर्ष २०८०/८१ मा तोकिएको बिमा शुल्क संकलन गरी कोसी प्रदेशबाट योग्य भएका ४२५ जनाभन्दा बढी अभिकर्ताहरू, विभागीय प्रमुख, प्रदेश प्रमुख एवं शाखा प्रमुखहरूको सहभागितामा कम्पनीले सीईओ क्लब सदस्य बन्न सफल अभिकर्ताहरूलाई सम्मान कार्यक्रम गरेको हो ।

प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले कोसी प्रदेशबाट सीईओ क्लबका सदस्य हुन सफल अभिकर्ताहरूलाई सीईओ क्लब सदस्यता वितरण गरेका थिए । यस्तै, प्रदेशबाट आफ्नो कोडमा र सञ्जालमा प्रथम, द्वितीय र तृत्तीय हुन सफल अभिकर्ताहरूलाई विशेष सम्मान तथा पुरस्कृत पनि गरिएको थियो ।

सो अवसरमा प्रमुख कार्यकारी अधिकृतले यस प्रदेशबाट नेसनल रत्न हुन सफल अभिकर्ताहरूलाई पनि नेसनल लाइफ लोगो अंकित चाँदीको मेडल, सर्टिफिकेट र खादाबाट सम्मान गरेका थिए ।

समारोहमा प्रमुख कार्यकारी अधिकृतले सीईओ क्लब र नेसनल रत्नअन्तर्गत योग्य हुने अभिकर्ताहरूलाई प्रदेशस्तरीय रूपमा सम्मान कार्यक्रम सम्पन्न गर्दै लग्ने कम्पनीको योजना अनुरूप मधेस प्रदेश र गण्डकी प्रदेशका अभिकर्ताहरूबीच सम्मान कार्यक्रम सम्पन्न भइसकेको बताए ।

कोसी प्रदेशका अभिकर्ताहरूलाई पनि सम्मान गरिएको बताउँदै उनले अन्य प्रदेशहरूमा पनि निरन्तर कार्यक्रम गर्दै जाने बताए । उनले कम्पनीले अभिकर्तामैत्री स्किमहरू ल्याउने क्रममा सीईओ क्लब सदस्यता योजना ल्याइएको र यसमा नेपालभरबाट दुई हजार जनाभन्दा बढी अभिकर्ताहरू छनोट हुन सफल भएकोमा यो योजना अत्यन्तै सफल भएको बताए ।

समारोहमा सीईओ क्लब सदस्य र नेसनल रत्नबाट सम्मानित हुन सफल बिजनेस लिडरहरूले प्रमुख कार्यकारी अधिकृतबाट सम्मान ग्रहण गर्न पाउँदा आफूले गरेको मेहनतको कदर भएको र अत्यन्तै गर्व लागेको बताएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर ४, २०८१  १६:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro