site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कोसी नामविरुद्ध पहिचानवादीले फेरि आन्दोलन गर्ने, प्रदेश सांसदलाई जिल्ला प्रवेशमा रोक
Tiktok banner adTiktok banner ad

विराटनगर । कोसी नाम खारेजीको माग गर्दै पहिचानवादीले फेरि आन्दोलनको घोषणा गरेका छन् । विराटनगरमा सोमबार पत्रकार सम्मेलन गरेर पहिचानवादीहरूले दोस्रो चरणको आन्दोलन घोषणा गरेका हुन् ।

नयाँ आन्दोलनको कार्यक्रमअन्तर्गत आगामी फागुन १७ गते कालो दिवसको रूपमा मनाइने संघर्ष समितिले जनाएको छ । एमाले नेतृत्वको तत्कालीन सरकारले ०७९ फागुन १७ गते प्रदेश नम्बर १ लाई कोसी नामकरण गरेको थियो । लगत्तै पहिचानवादी आन्दोलित भएका थिए ।

पहिचानसहितको नाम राखिनुपर्ने उनीहरूको माग यथावत् छ । संघर्ष समितिले चैत १० गतेसम्म कोसी प्रदेशको नाम खारेजी गरेर पुनः नामांकनको प्रक्रिया सुरु गर्नुपर्ने प्रमुख माग अघि सारेको समितिका संयोजक डकेन्द्रसिंह थेगिमले बताए ।

“हामी आफ्नो मागबाट रत्तीभर पनि डगमगाएका छैनौँ । कोसी नाम नफेरिएसम्म हाम्रो आन्दोलन जारी रहन्छ,” उनले भने ।

थेगिमका अनुसार, संघर्ष समितिले प्रदेशसभा, मुख्यमन्त्री कार्यालय घेराउसहित अनिश्चितकालीन हडताल गर्ने र कोसी पक्षमा प्रदेशसभामा मतदान गर्ने प्रदेश सांसदलाई जिल्लामा हुने कार्यक्रममा सहभागी हुन रोक लगाउने निर्णय गरेको छ । यस्तै, सरकारी कार्यालय र अड्डामा राखिएका कोसी नामका बोर्डमा कालो पोत्ने, कोसी लेटर प्याड र छाप प्रयोग गर्न नदिने उनीहरूको निर्णय छ ।

“पहिले कर्मचारीहरूलाई अनुरोध गर्छौं, नमानेमा स्पष्टीकरणको कारबाही अघि बढाउँछौँ,” थेगिमले भने ।

कांग्रेसका केदार कार्की मुख्यमन्त्री छँदा प्रदेश सरकारले सरकारी वार्ता समिति गठन गरी वार्ता अघि बढाएपछि आन्दोलनका कार्यक्रम स्थगित गरिएको थियो । कोसी नामको सन्दर्भमा प्रमुख दल एमाले, कांग्रेस र माओवादी केन्द्रले सहमति गरेका थिए ।

तर, पछि माओवादीले आफ्नो निर्णयबाट पछि हट्दै पहिचानवादी नाम हुनुपर्ने निर्णय गरेको थियो । कांग्रेसले भने कोसीका सन्दर्भमा आफ्नो फरक मत भएको स्पष्ट नगरे पनि १४ जिल्लाका कांग्रेस सभापतिहरूले पहिचानको नाम हुनुपर्ने भन्दै प्रेस विज्ञप्ति निकालेका थिए ।

कांग्रेसका नरहरि आचार्यको संयोजकत्वको प्रदेश सीमांकन समितिले भने प्रदेश नम्बर १ को नाम श्रीजंगा राख्दा उपयुक्त हुने प्रस्ताव गरेको थियो । तर, सांसदहरूले नामकरण गर्दा कोसीमा मतदान गरे ।

पहिचानवादीको आन्दोलनको क्रममा मोरङका पदमकुमार लिम्बू ‘लाजेहाङ’को मृत्यु भएको थियो । आन्दोलनका क्रममा १५० जनाभन्दा बढी आन्दोलनकारी र सुरक्षाकर्मी घाइते भएका थिए ।

पहिचानको नामको सन्दर्भका कुन नाम उपयुक्त हुन्न भन्नेमा पहिचानवादीको समेत एकमत छैन । पहिचानवादीले आन्दोलनकै क्रममा पूर्वमुख्यमन्त्री केदार कार्कीको गाडीमाथि दमक र मुख्यमन्त्री हिक्मत कार्कीको सवारीमाथि ओखलढुंगामा आक्रमण गरेका थिए । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर ३, २०८१  १८:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro