site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सरकार प्रतिशोधपूर्ण रूपमा प्रस्तुत भयो : कमल थापा
Tiktok banner adTiktok banner ad

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले गएको चैत १५ गते काठमाडौंमा भएको घटनाको आवरणमा सरकार प्रतिशोधपूर्ण रूपमा प्रस्तुत भइरहेको आरोप लगाएका छन् । शनिबार (वैशाख २७) ललितपुरमा उनले अभिव्यक्ति स्वतन्त्रता र बिनाहतियार भेला हुन पाउने अधिकारको उपयोग गर्दा सरकारले पक्राउ गरी झुटा मुद्दा लगाउन खोजेको जिकिर गरे ।

राप्रपाका नेता रवीन्द्र मिश्रलगायत पक्राउ परेका सबैको रिहाइको माग गर्दै राष्ट्रवादी देशभक्त जनता नामक संगठनले ललितपुरको जावलाखेलमा जारी राखेको रिले अनशनमा उनी पुगेका हुन् । पक्राउ परेका व्यक्तिमाथि अनेकौँ झुटा मुद्दा लगाउने दुष्प्रयास गरिएको र ४३ दिनदेखि थुनामा राखिएको उनले बताए ।

अध्यक्ष थापाले उक्त घटनामा पक्राउ परेकाको छिटो रिहाइको माग गरे । चैत १५ गतेको घटनामा पक्राउ गरिएका व्यक्ति अपराधी नभएको उनको भनाइ थियो ।

चैत १५ गते राजावादीले काठमाडौंको तीनकुनेमा आयोजना गरेको प्रदर्शन हिंसात्मक बनेपछि मिश्रसहितका नेता र व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेको हो । हिमालयन टेली भ्वाइस 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख २७, २०८२  १६:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro