site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
तल्लो तहका जनताको जीवनस्तर उठाउने माओवादीको लक्ष्य : प्रचण्ड
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तल्लो तहका जनताको जीवनस्तर उठाउने लक्ष्यका साथ आफ्नो दल जनताका माझ गइरहेको बताएका छन् ।

शनिबार (वैशाख २७) पार्टीको पाँचथर जिल्ला समन्वय समितिद्वारा फिदिम बजारमा आयोजित सभामा उनले हालै सम्पन्न ‘जनतासँग माओवादी तराई–मधेस जागरण अभियान’ आफ्नो दलको मात्र नभई जनताको अभियान बनेको उल्लेख गरे । अभियान जनताका समस्या बुझ्ने माध्यम भएको उनले बताए ।

देशका विभिन्न भौगोलिक क्षेत्रलाई जोड्ने मध्यपहाडी लोकमार्ग, हुलाकी राजमार्ग र देशभरका उत्तर–दक्षिण करिडोरजस्ता पूर्वाधार विकासका अभियान माओवादी नेतृत्वको सरकारका पालामा सुरु गरिएका उनले बताए ।

अध्यक्ष प्रचण्डको निजी सचिवालयका अनुसार, आफूले पछिल्लोपटक सरकारको नेतृत्व गर्दा सामाजिक न्याय, सुशासन र आर्थिक सुधारका अभियान सञ्चालन गरेको उनले स्मरण गरे । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख २७, २०८२  १७:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro