site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
नेसन्स लिगको शीर्ष श्रेणीमा फर्कियो इंग्ल्यान्ड

काठमाडौं । गणतन्त्र आयरल्यान्डविरुद्ध ५–० को सहज जित निकाल्दै इंग्ल्यान्ड यूईएफए नेसन्स लिगको शीर्ष श्रेणीमा उक्लिएको छ । आइतबार राति वेम्बली रंगशालामा इंग्लिस टिमलाई जित दिलाउन पाँच खेलाडीले गोल गरे । इंग्ल्यान्डले पाँचै गोल दोस्रो हाफमा गरेको हो ।

खेलको ५३औँ मिनेटमा प्राप्त पेनाल्टीलाई सदुपयोग गर्दै ह्यारी केनले इंग्ल्यान्डलाई अग्रतामा राखेका थिए । त्यसको दुई मिनेटपछि नै एन्थोनी गोर्डेनले घरेलु टिमको अग्रता दोब्बर बनाए । ५८औँ मिनेटमा कोनोर गालाघेरले गोल गर्दै इंग्ल्यान्डको अग्रतालाई ३–० मा राखे ।

७५औँ मिनेटमा जारोड बोेविनले इंग्ल्यान्डबाट चौथो गोल गरे । ७९औँ मिनेटमा टेलर हारविड बेलिसले गोल गरेपछि इंग्ल्यान्डले सहज जितसहित शीर्ष श्रेणीको यात्रा निश्चित गरेको हो । इंग्ल्यान्डबाट गोल गर्ने पाँच खेलाडीमध्ये गोर्डोन, गालाघेर, बोविन र बेलिसको यो पहिलो अन्तर्राष्ट्रिय गोल समेत हो ।

जितसँगै ६ खेलबाट १५ अंक जोडेको इंग्ल्यान्ड लिग बी२ को शीर्ष स्थानमा छ । समान खेलबाट ६ अंकको आयरल्यान्ड तालिकाको तेस्रो स्थानमा छ ।

ग्रीस २–० फिनल्यान्ड
आइतबार राति नै भएको यही समूहको अर्को खेलमा ग्रीसले फिनल्यान्डविरुद्ध २–० को जित निकाल्यो । तालिकाको दोस्रो स्थानमा आसिन ग्रीसले पनि ६ खेलबाट १५ अंक जोडेको छ । प्रतियोगिताका ६ वटै खेलमा पराजित फिनल्यान्ड पुछारमा छ ।

प्रकाशित मिति: सोमबार, मंसिर ३, २०८१  १०:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro