site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘गजनी’ भिलेन प्रदीप नेपालमा, आज हलमा पुगेर ‘ह्रस्व दीर्घ’को प्रतिक्रिया लिने 

काठमाडौं । चलचित्र ‘ह्रस्व दीर्घ’का भारतीय अभिनेता प्रदीप सिंह रावत नेपाल आएका छन् । प्रदीप रावत शनिबार राति नेपाल आएका हुन् । उनीसँगै उनकी श्रीमती (दक्षिण भारतीय सिनेमाकी अभिनेत्री) कल्याणी पनि नेपाल आएकी छन् । 

बलिउड सिनेमा ‘गजनी’का भिलेन प्रदीपले आजदेखि काठमाडौं उपत्यकाका विभिन्न हलमा पुगेर दर्शकसँग साक्षात्कार गर्ने कार्यक्रम रहेको निर्देशक चन्द्र पन्तले बताएका छन् । 

चलचित्र ‘ह्रस्व दीर्घ’मा उनले अभिनेत्री नीता ढुंगानाको पिताको भूमिकामा अभिनय गरेका छन् । उनी यसअघि यो सिनेमाको छायांकनका लागि नेपालमा आएका थिए ।

चलचित्रमा हरिहर अधिकारी, नीता ढुंगाना, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनील वर्मा, प्रशान्त ताम्राकार, सञ्चीता लुईटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मालगायत कलाकारको अभिनय छ ।

अभिनेता हरिहर अधिकारीको कथा र प्रतीक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको चलचित्रलाई बलिउडका चर्चित सिनेमाटोग्राफर कवीरलालले खिचेका हुन् ।

सिनेमालाई चन्द्र पन्तले निर्देशन गरेका हुन् । चलचित्रमा अभिनेत्री निता ढुंगानाको लगानी रहेको छ । 

नीता फिल्मसको प्रस्तुतिमा निर्माण भएको चलचित्रका कार्यकारी निर्माता धनन्जय गलानी हुन् । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर ३, २०८१  ०६:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro