राजनीति
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबारे छलफल गर्न बोलाइएको संसदीय समितिको बैठक स्थगित भएको छ ।
आजका लागि अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बोलाइएको थियो । तर, मन्त्रीको समय नमिलेको भन्दै समिति सदस्यलाई स्थगित भएको सूचना पठाइएको छ ।
"विदेश भ्रमणमा जानेबारे छरपस्ट बाहिर छलफल गर्नु कूटनीति मर्यादाको अनुकूल हुँदैन । भ्रमणमा यसो गर्ने कि नगर्ने भनेर र्याख र्याख पार्न खोज्ने कुराले राम्रो सन्देश जाँदैन । कारण अरु पनि होलान् मन्त्रीको समय नमिलेका कारण स्थगित गरिएको खबर शुक्रबार नै पठाइएको छ" एक सत्तारूढ सांसदले भने ।
प्रधानमन्त्री ओली डिसेम्बरको पहिलो साता चीन भ्रमणमा जाने तयारी छ ।
प्रकाशित मिति: आइतबार, मंसिर २, २०८१ ०८:२१
प्रतिक्रिया दिनुहोस्