site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बाढीपीडितलाई सघाउँदै रोशी गाउँपालिका
फाइल तस्बिर ।

काभ्रेपलाञ्चोक । रोशी गाउँपालिकाले बाढीपीडितलाई सघाउन चालु आर्थिक वर्षको बजेट संशोधन गरेको छ । जाडोयाम सुरु भइसकेकाले गाउँपालिकाले तत्काल बाढीपीडितलाई सहयोग गर्न गाउँसभाको विशेष अधिवेशनले बजेट व्यवस्थापन गरेको हो ।

गाउँसभाको १५औँ अधिवेशनले विपद्कोषमा दुई करोड ८० लाख, विनियोजन गर्दै आवश्यकताअनुसार पीडितलाई प्रदान गर्ने निर्णय भएको गाउँपालिकाका अध्यक्ष दिनेश लामाले जानकारी दिए । सहायता रकम  क्षतिग्रस्त भौतिक पूर्वाधार निर्माणमा खर्च गरिने छ ।

उक्त पालिकामा बाढीपहिरोमा परी १२ जनाको ज्यान गएको थियोभने ४८२ घरमा पूर्ण र ८८३ घरमा आंशिक क्षति भएको थियो । यसैगरी, दुई हजार ५४४ परिवारको खेतबारीमा पनि क्षति भएको थियो । बाढीले १६० खानेपानी आयोजना, एउटा पक्की पुल, ६४७ विद्यालय, चार स्वास्थ्य केन्द्र, १० शय्याको अस्पताल, चिस्यान केन्द्र र औद्योगिक ग्राममा नोक्सानी भएको थियो । रासस

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, मंसिर २, २०८१  ०८:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro