site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
विवाहपञ्चमीका लागि जनकपुरबाट अयोध्या पठाइयो निम्तो

काठमाडौं । विवाहपञ्चमी महोत्सवलाई लिएर जनकपुरधामबाट विश्व हिन्दुपरिषद्का पदाधिकारीहरू तिलक र आमन्त्रण पत्रसहित अयोध्या प्रस्थान गरेका छन् । 

भगवान सीतारामको विवाहलाई लिएर ५ सयको संख्यामा तिलक र अयोध्याबाट आउने जन्तीका लागि आमन्त्रण पत्रसहित अयोध्याका लागि आज प्रस्थान गरेका हुन् । तिलक लिएर जाने टोलीलाई मधेसका मुख्यमन्त्री सतिशकुमार सिंहले विदाइ गरे । 

मुख्यमन्त्री सिंह मंसिर २ गते वीरगन्जमा यही टोलीमा सहभागी भएर त्यहाँबाट तिलकसहित अयोध्या जाने कार्यक्रम छ । तिलक लिएर जाने समूह २ गते नै अयोध्या पुग्ने र ३ गते तिलकसहित जानकी मन्दिरको पत्र विश्व हिन्दु परिषद्का महासचिव राजेन्द्र सिंह पंकजको अगुवाइमा चम्पत रायलाई हस्तान्तरण गरिने बताइएको छ । 

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले तिलक उत्सव भव्यताका साथ सम्पन्न हुनेमा विश्वस्त रहेको बताए । 

प्रत्येक पाँच वर्षमा अयोध्याबाट जन्ती आउने र त्यसका लागि मधेस प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाए । त्रेता युगदेखि कायम सम्बन्धलाई निरन्तरता दिनुपर्नेमा उनले जोड दिए । धार्मिक पर्यटकका लागि पनि यो महत्वपूर्ण बन्ने उनको भना इछ । न्युज एजेन्सी नेपाल
 

प्रकाशित मिति: शनिबार, मंसिर १, २०८१  १२:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro