site stats
बाह्रखरी :: Baahrakhari
कला
‘ह्रस्व दीर्घ’लाई दर्शकको साथ, अधिकांश शोमा उच्च अकुपेन्सी 

काठमाडौं । चलचित्र ‘ह्रस्व दीर्घ’ले दर्शकको राम्रो साथ पाएको छ । शुक्रबारबाट रिलिज भएको चलचित्रले पाएको सन्तोषजनक शोमा दर्शकको बाक्लो उपस्थिति देखिएको छ । 

शुक्रबार ‘ह्रस्व दीर्घ’लाई प्राप्त अधिकांश शो हाउसफुल नजिक पुगेका थिए । आज पनि अधिकांश शो हाउसफुल हुने अवस्था अग्रिम बुकिङले देखाएको छ । 

Argakhachi Cement Island Ad

‘ह्रस्व दीर्घ’ले पर्याप्त शो भने पाएको छैन । ‘पूर्ण बहादुरको सारङ्गी’ हाउसफुल अकुपेन्सीमा चलिरहेकाले ‘ह्रस्व दीर्घ’ले धेरै शो नपाएको हो । 

चलचित्रमा नीता ढुंगाना र हरिहर अधिकारी मुख्य भूमिकामा छन् । ‘ह्रस्व दीर्घ’मा नीता र हरिहरसँगै ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनील वर्मा, प्रशान्त ताम्राकार, सञ्चिता लुईंटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ, किरण केसीलगायत कलाकारको अभिनय छ ।

चललचित्रमा निर्देशक चन्द्र पन्त र अभिनेता हरिहरको लेखन तथा पटकथा रहेको छ । प्रतीक पौडेलको संवाद छ । चलचित्रलाई बलिउडका चर्चित सिनेमेटोग्राफर कवीरलालले खिचेका छन् । सिनेमाका कार्यकारी निर्माता धनन्जय गलानी हुन् ।


 

प्रकाशित मिति: शनिबार, मंसिर १, २०८१  ०९:२०
प्रतिक्रिया दिनुहोस्