site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
सावधान

अन्तिम पात
(निबन्धसंग्रह: नारायण ढकाल)
नेपाली साहित्यमा नारायण ढकालको आफ्नै स्थान छ । आख्यानसँगै गैरआख्यानमा समेत निरन्तर कलम चलाउँदै आएका ढकालका थुप्रै कृतिमाझ थपिएको छ, अर्को कृति निबन्धसंग्रहका रूपमा ‘अन्तिम पात’ ।

‘अन्त्योद्गार’मा साहित्यकार ढकालले लखेका छन्, “करिब बीस वर्षयता लेखिएका यी रचना कति मात्रामा प्रचलित परिभाषाअन्तर्गतका निबन्ध भए/भएनन्, म भन्न सक्दिनँ । यिनमा यात्रा वर्णन, पठन रोजनामचा र कतिपय त एकदमै असंगठित ढाँचाका कच्चा प्रतिक्रिया रहेका छन् । मलाई थाहा छ, यिनमा प्राज्ञिक गहिराइ छैन । यसर्थ पनि विषय, परिवेश, कला र विचारका दृष्टिले यी कुन स्तरमा छन् यसको निर्क्यौल गर्ने एक मात्र जिम्मेवारी जागरुक पाठकको हो ।” (पृष्ठ — २३९)

ढकालको यो संग्रहमा यात्रा, पठन, पूर्वपीठिकामा गरेर २२ निबन्ध समेटिएको छ ।

Dabur Nepal
NIC Asia

बेला पब्लिकेसन्सद्वारा प्रकाशित २५२ पृष्ठको यो निबन्धकृतिको मूल्य ६५५/– रुपैयाँ राखिएको छ ।

०००

एकालाप
(लघुकथासंग्रह: खेमराज पोखरेल)
सातौँ लघुकथाकृतिका रूपमा आफ्नो पुस्तक ‘एकालाप’ बजारमा ल्याएका छन्, साहित्यकार खेमराज पोखरेलले । कथाकार पोखरेलका कथा, लघुकथा, समालोचना गरेर अनेक पुस्तक प्रकाशित छन् ।

पुस्तकमा कृतिकार पोखरेलले लेखेका छन्, “यो संग्रहभित्र पनि पुरानो चिन्तनदेखि नयाँ चिन्तनसम्मका धारावाहिक जिन्दगीका आलापले स्थान पाएका छन् । कतै म सायद परम्परावादी भइदिन्छु । कतै आधुनिक र कतै जेनरेसन जी का धुकधुकी समाउन पुग्छु । कतै नेपाल राष्ट्रभित्र घुम्छु । कतै डायस्पोरिक बनिदिन्छु ।...।”

संग्रहको भूमिकामा डा. हरिप्रसाद भण्डारीले लेखेका छन्, “...विषयका हिसाबले संग्रहमा रहेका लघुकथाहरूमा फरकफरक स्वाद पाइन्छ । संग्रहमा विदेशी परिवेशमा लेखिएका लघुकथा धेरै छन् ।...।”

संग्रहभित्र पोखरेलका ७१ लघुकथा समावेश छन् ।

मोलुङ फाउन्डेसनद्वारा प्रकाशित यो पुस्तकमा १६० पृष्ठ छ ।

०००

सावधान
(लघुकथासंग्रह: परशुराम पराशर)
कविता, गजलमा आफ्ना भावना पोख्दै आएका कवि लेखक परशुराम पराशरको प्रकाशित अर्को कृति हो, ‘सावधान’ । यो उनको लघुकथाहरूको संग्रह हो । उनको यसअघि एउटा कवितासंंग्रह प्रकाशित छ ।

साहित्यकार बाजुराम पौडेलले ब्लर्बमा लेखेका छन्, “...यसभित्रका लघुकथाहरूले मानवीय कमी–कमजोरीमाथि चोटिलो प्रहार गरेका छन् । राजनीतिक र सामाजिक बेथितिप्रति वाण चलाएका छन् ।...।”

लेखकीयमा कृतिकारले लेखेका छन्, “मनमा बिझेका, मनलाई छोएका, देखे–भोगेका र कल्पनामा दौडिएका कुराहरू नै कथाका रूपमा आउने रहेछन् । सांसारिक व्यस्तातले लामो कथावाचन र पठनमा समय लाग्ने भएर नै होला लघुकथातर्फ उन्मुख भइएको ।...।”

कृतिभित्र पराशरका ५२ लघुकथा पढ्न सकिन्छ ।

अभिनव साहित्य समाजले प्रकाशनमा ल्याएको ९६ पृष्ठको यो संग्रहको मूल्य २००/– रुपैयाँ राखिएको छ ।

०००

उर्वरा
(उपन्यास: नारद पोखरेल)
उपन्यासकार नारद पोखरेलको पछिल्लो औपन्यासिककृति हो, ‘उर्वरा’ । यसअगाडि उनका तीन उपन्यास प्रकाशित छन् ।

पुस्तकको प्रकाशकीयमा लेखिएको छ, “...सनातन कथामा प्रयुक्त साहित्यिक बान्की र कल्पनाशीलताले पोखरेलको मनमा जागृत चेतनासँगसँगै काव्यात्मक रसराग हुर्कियो । प्रारम्भिक कालमा प्राप्त सोही अवसरको आधारशिलामा टेकेर आज उनी नेपाली आख्यान साहित्यको विशाल फाँटमा विस्तारित हुँदै छन् ।”

उपन्यासको एउटा अंशमा पोखरेलले लेखेका छन्, “यसपालिको चाड बुबा–आमासँगै विराटनगरमा मनाउनुपर्छ भन्ने विचार आयो जयन्तको मनमा । भाइ हेमन्तलाई दसैँमा बोलाउन अमेरिका फोन गर्‍यो । हेमन्त बङ्गाली केटीसँग विवाह गरीवरी एक वर्षअगाडि अमेरिका गएको थियो ।...।” (पृष्ठ — ५०)

सुन्दर स्वदेश पब्लिकेसनले प्रकाशित गरेको ३५२ पृष्ठको यो उपन्यासको मूल्य ७००/– रुपैयाँ राखिएको छ ।

०००

देश—देशान्तर  
(नियात्रासंग्रह: राजाराम बर्तौला)
लेखक राजाराम बर्तौलाको अर्को कृति केही समयअघि सार्वजनिक भएको छ, ‘देश—देशान्तर’ । यसअगाडि उनको एउटा संस्मरणकृति, एउटा निबन्धसंग्रह र एउटा कवितासंग्रह प्रकाशित छन् ।

कृतिभित्र भूमिकामा साहित्यकार नवराज रिजालले लेखेका छन्, “यात्रानुभूति हिँड्नेहरूको हुन्छ, नहिँड्नेको हुनै सक्दैन । साढे तीन दशकभन्दा बढी जागिरको क्रममा बित्यो । बाँच्नुको अर्थ हेर्नु, देख्नु जान्नु र बुझ्नु पनि हो । अनुभव र अनुभूति सँगाल्नु पनि हो । यी र यस्ता विषयले जीवनमा धेरै कुरा सिकाउँछ ।...।”

आफ्नो भनाइमा लेखकले लेखेका छन्, “...प्रकृतिसँगको साक्षात्कार हुन पाउँदा पाउने असीमित तृप्ति वर्णन गर्नै नसकिने अनमोल आनन्द हुने रहेछ । जीव र जगत्लाई हेर्ने नजरिया फेरिने रहेछ । मेरो अनुभूति संगृहीत सार यसै पुस्तकमा समेटिएका छन् ।...।”

बर्तौलाको यो कृतिमार्फत २६ नियात्रा पाठकसामु पस्किएका छन् ।

अनुसन्धान विमर्श नेपालले प्रकाशित गरेको १९२ पृष्ठको यो पुस्तकको मूल्य ३५०/– रुपैयाँ राखिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर १, २०८१  ०७:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro