site stats
बाह्रखरी :: Baahrakhari
कला
दीपकराज गिरी भन्छन्– महानायक पद न मैले कहिल्यै दाबी गरेँ, न गर्नेछु 

काठमाडौं । कलाकार तथा निर्माता दीपकराज गिरीले आफूले कहिल्यै महानायक दाबी नगरेको र नगर्ने पनि बताएका छन् । बारम्बार आग्रह गर्दा पनि आफूलाई महानायक भन्ने गरिएको भन्दै उनले असन्तुष्टि जनाएका छन् । 

“आजबाट जसजसले मलाई महानायक सम्बोधन गर्नुहुन्छ, उहाँलाई मेरो फेसबुकमा ब्लक गर्दै छु,” दीपक फेसबुकमा लेख्छु, “यो पद न मैले कहिले दाबी गरेको थिएँ, न गर्नेछु ।” 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

अरुलाई गाली नगर्न पनि उनले आग्रह गरेका छन् । “तर, मैले बारम्बारभन्दा पनि भेडापन्थि देखाउने मानिस कमसेकम मेरो फेसबुकमा जोडिन सक्दैन,” उनी लेख्छन्, “फरक विचारलाई स्वागत, असभ्यता अस्वीकार ।” 

दीपाश्री निरौलाले कोभिड–१९ को समयमा राजेश हमालले महानायक भएर पनि चलचित्र प्राविधिकहरूलाई सहयोग गर्न नसकेको भन्दै आलोचना गरेपछि दीपकराज गिरीलाई सामाजिक सञ्जालमा ‘महानायक’ भन्दै आलोचना गर्ने गरेका छन् । 
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ३०, २०८१  ११:०२
प्रतिक्रिया दिनुहोस्