site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपालका दुई स्याटेलाइट तयार, फेब्रुअरीभित्र प्रक्षेपण गर्ने तयारी
न्यानो स्याटेलाइटको दृश्य । फाइल तस्बिर ।

काठमाडौं । नेपालका दुई स्याटेलाइट प्रक्षेपणको तयारी गरिएको छ । डाँफे र मुनाल नाम दिइएका दुई नेपाली भूउपग्रह प्रक्षेपण गर्ने तयारी भइरहेको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)ले जनाएको छ ।

बिहीबारदेखि काठमाडौंमा आयोजित दुईदिने स्टार्टअप एन्ड आइडिया फेस्ट २०२४ मा नास्टका सचिव रवीन्द्रप्रसाद ढकालले दुई स्याटेलाइट तयारी अवस्थामा रहेको बताएका हुन् । उनले ती स्याटेलाइट प्रक्षेपणका निम्ति भारतको अन्तरिक्ष अनुसन्धान संगठन (इसरो)सँग कुराकानी भइरहेको जानकारी गराए ।

“दुई स्याटेलाइट तयारी अवस्थामा छन् । ईसरोसँग कुरा गरेर सम्भवतः डिसेम्बर नभए फेब्रुअरीभित्र हामी स्याटेलाइट लन्च गर्ने अवस्थामा छौं,” सचिव ढकालले भने ।

उनले अब अन्तरिक्षमा दर्जनौँ स्याटेलाइटको ‘कन्स्टिलेसन’ राखेर विभिन्न सूचना पृथ्वीमा आदानप्रदान गर्ने गरी काम गर्ने नास्टको लक्ष्य सुनाए ।

नेपालले यसअघि प्रक्षेपण गरेको न्यानो स्याटेलाइटले दुई वर्षभन्दा बढी समय पृथ्वीको परिक्रमा गरेर विलीन भएको उनले बताए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक २९, २०८१  १५:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro