site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा भुललाई उमेदवार बनाउने कांग्रेसको निर्णय

गोदावरी (कैलाली) । नेपाली कांग्रेसले जिल्ला समन्वय समिति कैलालीको प्रमुखका लागि पार्टीबाट टीका चौधरी भुललाई उमेदवार बनाउने निर्णय गरेको छ ।

पार्टीको जिल्ला कार्यसमितिको बैठकले जिल्ला समन्वय समितिका प्रमुखको उम्मेदवारका लागि भुलको नाम सर्वसम्मतले सिफारिस गरेको हो ।

प्रमुख पदको उमेदवारका लागि सिफारिस भएका भुल कैलारी गाउँपालिका वडा नं २ को दलित महिला सदस्यको वडा सदस्यमा निर्वाचित भएको नेपाली कांग्रेसका जिल्ला सचिव नृपबहादुर सुनारले बताए ।

जिल्ला समन्वय समिति कैलालीका तत्कालीन समन्वय प्रमुख पदम कलेलको २०७९ पुस २३ गते निधन भएपछि प्रमुखको पद रिक्त रहेको छ । समितिको अध्यक्षका लागि आगामी मंसिर १६ गते उपनिर्वाचन हुने तय भएको छ ।

सो निर्वाचनमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीका जनप्रतिनिधिले मतदान गर्न पाउने छन् । रासस

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, कात्तिक २९, २०८१  १४:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro