site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
‘ह्रस्व दीर्घ’मा ब्रह्मानन्दमको भाषालाई लिएर के भन्छ निर्माण पक्ष ? 

काठमाडौं । चलचित्र ‘ह्रस्व दीर्घ’को ट्रेलरमा ब्रह्मानन्दमको भाषालाई लिएर आलोचना भइरहेको बेला निर्माणपक्षले यसबारे प्रष्ट पारेको छ । ट्रेलरमा ब्रह्मानन्दमले नेपाली भाषामा बोलेका छन् । 

निर्मात्री तथा नायिका नीता ढुंगानाले ट्रेलरमा मात्रै ब्रह्मानन्दमले नेपाली बोलेको बताएकी छन् । चलचित्रमा टुटेफुटेको नेपाली र हिन्दी भाषा उनले प्रयोग गरेको प्रष्ट पारेकी छन् । ब्रह्मानन्दमले बनारसमा बसेर संस्कृत पढेर नेपाल आएको चरित्र निर्वाह गरेका नीताको भनाइ छ । 

ब्रह्मानन्दमले सेटमा स्टारडमको अभिमान नदेखाएको नीताले बताइन् । ब्रह्मानन्दमको सहज व्यवहारले काम गर्न निकै सहज भएको उल्लेख गरिन् । 

भोलि (शुक्रबार) बाट रिलिज हुने चलचित्रमा नीतासहित हरिहर अधिकारी, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकार, सञ्चीता लुईंटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसीलगायत कलाकारको अभिनय छ ।

प्रतीक पौडेलको संवाद, निर्देशक चन्द्र पन्त र हरिहरको पटकथा तथा संवाद रहेको छ । चलचित्रलाई बलिउडका चर्चित सिनेमेटोग्राफर कवीरलालले खिचेका छन् । सिनेमाका कार्यकारी निर्माता धनन्जय गलानी हुन् ।

‘ह्रस्व दीर्घ’ नेपाली, तेलुगु र हिन्दी गरी तीन भाषामा रिलिज हुनेछ । 

प्रकाशित मिति: बिहीबार, कात्तिक २९, २०८१  १२:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro