site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बाढीपहिरोबाट मकवानपुरमा एक अर्ब ६९ लाखभन्दा बढीको क्षति
थाहा नगरपालिकाको कुन्छाल गाउँको दृश्य । फाइल तस्बिर : रासस ।

हेटौँडा । हालैको बाढीपहिरोबाट मकवानपुरमा एक अर्ब ६९ लाख रुपैयाँभन्दा बढीको भौतिक क्षति भएको छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार, जिल्लामा एक अर्ब ६९ लाख ३५ हजार ७३५ रुपैयाँबराबरको धनमालको क्षति भएको छ । जिल्लाका १० पालिकामध्ये सबैभन्दा बढी इन्द्रसरोवर गाउँपालिकामा मानवीय र भौतिक क्षति भएको सहायक प्रमुख जिल्ला अधिकारी घोलकराज ढकालले बताए ।

जिल्लाका १० पालिकाका १३४ घर पूर्ण रूपमा र १८३ घर आंशिक क्षति भएका उनले जानकारी दिए । पाँच पालिकाका १६ झोलुंगे पुल र ५१ सडक तथा २३ हजार ७९ रोपनी जग्गामा लगाइएको बालीमा क्षति भएको छ । खानेपानी, विद्युत्लगायत ५८ पूर्वाधारमा क्षति भएको उनले बताए ।

बाढीपहिरोमा परी जिल्लामा इन्द्रसरोवर गाउँपालिकामा ६, मनहरी गाउँपालिकामा दुई, मकवानपुरगढी गाउँपालिकामा एक र वाग्मती गाउँपालिकामा एक गरी १० जनाको मृत्यु भएको थियो । थाहा नगरपालिकामा दुई, भीमफेदी गाउँपालिका, मकवानपुरगढी, बकैया गाउँपालिका र वाग्मतीमा एक÷एक गरी ६ जना घाइते भएका थिए । रासस 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, कात्तिक २९, २०८१  १०:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro